२०८३ मङ्सिर १० गते बुधवार

दाङमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो, मंगलवार थपिए १९ जना

तुलसीपुर ,असार ९ । दाङमा मंगलवार १९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ३०४ पुगेको छ। हालसम्म कुल ९२ जना उपचार पछि घर फर्किएका छन् ।

मंगलवार बंगलाचुली गाउँपालिकामा स्वाब संकलन गरिएका १९ जनामा संक्रमन फेला परेको हो । तर त्यसमा बंगलाचुलीका १८  रलमही नगरपालिकामा १ जना छन् । मंगलवार फेला परेका नयाँ संक्रमित सबै पुरुष हुन । बंगलाचुली गाउँपालिकाका स्वास्थ्य संयोजकभक्तबहादुर जिसीले मंगलवार फेला परेका १९ जना सबै छिमेकी देश भारतवाट आएको र उनीहरु सबैको स्वाब बंगलाचुलीमै संकलनगरिएको जानकारी दिए ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर विधिबाट परीक्षणका क्रममा बंगलाचुली गाउँपालिका वडा नं. ३ का १७, १७, १८, २२, २३, २७, ३० र ४३ बर्षका आठ  पुरुषमा संक्रमन फेला परेको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारीदिए ।

त्यसैगरी सोही गाउँपालिकाकै वडा नम्बर ४ का १९ र २१ बर्षीय दूई जना , वडा नम्बर ५ मा २९ र ३२ बर्षीय दुई जना , वडा नम्बर ८ मा१८, २१, २२, २४ र २९ बर्षीय पाँच जना , वडा नम्बर १० का ११ बर्षीय  एक जनामा संक्रमन फेला परेको कामु रजिष्ट्रार देवले जानकारीदिएका छन् ।

बंगलाचुलीमा स्वाब संकलन गरिएका भएपनि लमही नगरपालिका वडा नं. ६ निवासी १७ बर्षीय एक किशोरमा समेत कोरोना संक्रमणफेला परेको छ । जिसीका अनुसार मंगलवारसम्म बंगलचुलीमा मात्रै ८८ जना संक्रमित पुगेका छन् । त्यसमध्य २१ जना उपचारपछि घरफर्किएका छन् ।

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *