२०८३ मङ्सिर १० गते बुधवार

वडा सदस्यको लडेर ज्यान गयो

दाङ, असार ४ ।रुकुम पूर्वमा एक जना वडा सदस्यको लडेर ज्यान गएको  छ । जिल्लाको भूमे गाउँपालिका वडा नं. ४ की ५८ बर्षीया धनशरी कामीकोलडेर ज्यान गएको छ ।बुधवार बेलुका ४ बजेतिर काँडा भन्ने स्थापनमा पैदल हिडिरहेकी वडा सदस्य कामी लडेर गम्भीर घाइते भएकी थिइन । उनलाईस्थानीयले उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र काँडा तर्फ लैजाने क्रममा बाटो मै ज्यान गएको जिल्ला प्रहरी प्रमुखगजुशिद्धि बज्राचार्यले जानकारी दिए ।

प्रहरीलाई भने घटनावारे बुधवार  राति अवेर ११ बजेतिर मात्रै खवर प्राप्त भएको बज्राचार्यले जानकारी दिए ।पानी परेको हुँदा चिप्लो बाटोमा उनी लडेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *