२०८३ मङ्सिर १० गते बुधवार

दाङमा संक्रमितको संख्या २४३ पुग्यो

तुलसीपुर , असार २ । दाङमा एकै दिन ५६ जना नयाँ संक्रमित थपिएका छन् । यो संग जिल्लामा संक्रमितको संख्या २४३ पुगेको छ ।मंगलवार घोराही उपमहानगरपालिकामा ५५ र राजपुर गाउँपालिकामा १ जनामा संक्रमन पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ४६ पुरुष र १० महिनामा संक्रमन फेला परेको हो ।

संक्रमित हुनेमा  ३ बर्षका बालकदेखि ५१ बर्ष सम्मका मानिसहरु रहेका छन् । घोराहीका  ३ र ५  बर्षका  दूई  बालकमा पनि संक्रमनभेटिएको छ ।  घोराही उपमहानगरपालिका वडा नं. ४ मा मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन् । जहाँ ३८ पुरुष र ९ जना महिलामासंक्रमन भेटिएको हो ।

त्यस्तै घोराही ११ मा ३ जना पुरुष,  १२ मा ४ जना पुरुष र वडा नं. १५ मा १ जना पुरुष संक्रमित फेला परेको घोराहीका स्वास्थ्य शाखासंयोजक नारायण घर्तीले जानकारी दिए । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले राजपुर गाउँपालिकाको एकजना २५ बर्षीयामहिलामा संक्रमन फेला परेको जानकारी दिए ।मंगलवार फेला परेका सबै संक्रमित भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरु हुन ।

जिल्लालाई पुनः लकडाउन गर्नेबारे बुधवार छलफल हुने   सरकारको निर्णय अनुसार २ सय बढी संक्रमित फेला परेको जिल्लालाई पूर्ण लकडाउन गर्ने भन्ने छ ।दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले त्यसवारे बुधवार विहान बैठक बस्ने जानकारी दिए । केन्द्रको निर्देशन र अन्यजिल्लाको अभ्यास हेरेर अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *