२०८३ मङ्सिर १० गते बुधवार

रुकुम सोती काण्ड – ३३ जना विरुद्ध कर्तव्य ज्यानसहित ३ वटा मुद्दा दायर

फाइल तस्विर

दाङ, जेठ ३२ । रुकुम पश्चिमको चौरजाहारी काण्डमा संलग्न मध्य ३३ जना विरुद्ध कर्तव्य  ज्यान मुद्दासहित तीनवटा शिर्षकमा मुद्दादायर भएको छ ।

चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु, आमासहित सोती गाउँका ३४ जनालाईप्रतिबादी बनाउँदै जिल्ला अदालतमा आइतवार मुद्दा दायर भएको हो ।

सरकारी वकिलको कार्यालयले उक्त मुद्दा दर्ता गरेको हो । अधिबक्ता रामचन्द्र गौतमका अनुसार वडाध्यक्षसहित ३३ जना विरुद्ध कतव्र्यज्यान (आजिवन कारवाससहित), ज्यान मार्ने उद्योग (घाइतेहरुलाई समेत मार्ने षडेन्त्र गरेको) र जातिय छुवाछुत तथा भेदभाव शिर्षकमामुद्दा दायर भएको छ ।

३४ जना मध्य एकजनालाई मतियार मान्दै (सहयोगी) मुद्दा दर्ता भएको अधिबक्ता गौतमले जानकारी दिए ।  उनका अनुसार सोमवारदेखिनै वयान सुरु हुने भएको छ । त्यसमध्य एकजना २० बर्ष भन्दा कम उमेरका नाबालक पनि भएको हुँदा उनको हकमा सोमवार नै बयानपछि थुनछेक बहस समेत हुन सक्ने अधिबक्ता गौतमले बताए ।

अन्यको हकमा त्यसपछि क्रमश बयान र थुनछेक बहस हुने उनले जानकारी दिए  । रुकुम घर भएपनि काठमाडौंमा  कार्यरत गौतमपीडितका पक्षमा बहस गर्न भनी रुकुम पुगेका अधिबक्ता हुन ।

कारवाहीको माग गर्दै प्रदर्शन  
आइतवार रुकुम पश्चिममा चौरजहारी काण्डका सम्लग्नहरुलाई कारवाहीको माग गर्दै पर्दशन भएको छ । जाजरकोट र रुकुमपश्चिमका झन्डै एकसयकाृ संख्यामा भेला भएका सर्वसाधरणले दोषी माथि कारवाहीको माग गर्दै अदालको गेट बाहिर समेत पर्दशनगरेका छन् । उनीहरुले सूनियोजित हत्या काण्डामा  सम्लग्नहरुलाई आजिवन कारवासको माग गर्दै नारावाजी गरेको प्रहरी अधिकारीलेबताएका छन् ।

गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका वडा नं. ४ का २१ बर्षीय नवराज विक रुकुमको चौरजहारीको सोतीमा मल्ल थरकीकेटी भगाएर ल्याउन भनि १८ जना साथीहरुका साथ पुगेको समयमा उक्त घटना भएको थियो ।

विकसहित ६ जनाको शव भेरी नदीमा फेला परेको थियो भने थप १२ जना सोतीका स्थानीयको कुटपिटबाट घाइते भएका थिए । गाउँलेकुटपिट गर्दै लेखेट्दै लगेपछि ज्यान जोगाउन भेरीमा हाम फालेका ७ जना मध्य एकजना भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *