२०८३ मङ्सिर १० गते बुधवार

आइतवार दाङमा हालसम्मकै धेरै ५६ संक्रमित थपिए

तुलसीुपर, जेठ ३२ ।  आइतवार दाङमा एकैदिन ५६ जना नयाँ कोरोना भाइरसका  संक्रमित थपिएका छन् ।सबैभन्दा धेरै बंगलाचुली गाउँपालिकामा ४५ जना थपिएका छन् । स्रोतका अनुसार बंगलाचुली घर भएपपनि एकजना भने प्यूठानको माण्डबी गाउँपालिकास्थित  क्वारेन्टिनमा बसेका व्यक्ति हुन ।

यो संगै दाङको बंगलाचुलीमा मात्रै सबैभन्दा धेरै ६९ जनामा संक्रमन पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको पिसिआर परीक्षण अनुसार तुलसीपुर उपमहानगरपालिकामा वडा नं. १७ का १जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमन पुष्टि भएको छ । त्यो बाहेक जिल्लाका अन्य स्थानका केही व्यक्तिमा समेत संक्रमन फेला परेको छ ।

आइतवार एकैदिन ५६ जना संक्रमित थपिएपछि  दाङमा कोरोना भाइरसका संक्रमितको संख्या १५२ पुगेको छ । यसअघि जिल्लामा ९६जना संक्रमित थिए ।दाङमा हालसम्म १० जना उपचार पछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *