२०८३ मङ्सिर १० गते बुधवार

दाङमापनि डाइनामिक युथ नेपालको शाखा गठन

दाङ,जेठ ३२ । डाइनामिक युथ नेपालको शाखा दाङमा पनि खोलिएको छ । हालसालै गठन युथ नेपाल दाङ शाखाको अध्यक्षमाअंकित बराललाई चयन गरिएको छ । त्यसैगरि उपाध्यक्षमा अस्मिता गौतम, सचिव सागर भण्डारी, सहसचिव शुभिका प्रधान रकोषाध्यक्षमा अतितराज खड्कालाई चयन गरिएको छ ।

संस्थाका सदस्यहरुमा प्रकृति भट्ट,सुनिता पौडेल, गोकर्णप्रशाद लामिछाने, दर्शन श्रेष्ठ, सुष्टि गैरे, तारा रेग्मी , बिवेक खनाल, दिक्षाअधिकारी, हरिशरण सुवेदी, अनिश भुसाल रहेका छन् । त्यसैगरी संस्थाको सल्लाहाकारमा विपिन अर्याल, सीता भट्टराई, प्रेमसिवाकोटीलाई चयन गरिएको दाङ शाखाका संस्थापक अध्यक्ष बबि बस्नेतले जानकारी दिए ।

गैरनाफा मुलक यस संस्थाको दर्ता प्रक्रिया लकडाउन खुलेपछि सुरु गरिने जानकारी दिइएको छ ।नव गठित संस्थाले जेसिज, रोटरी लगाएतका अन्य सामाजिक संस्थाहरु संग समन्वय गरेर अगाडि बढ्ने बस्नेतले बताएका छन् । 

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *