२०८३ मङ्सिर १० गते बुधवार

दाङमा २ र कपिलबस्तुमा ९ जना संक्रमित थपिए

दाङ, जेठ १५ । दाङमा फेरि विहीवार दूई जनामा कोरोना संक्रमन देखिएको छ । विहीवार नै कपिलबस्तु जिल्लामा थप ९ जनामाकोरोना संक्रमन पुष्टि भएको छ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोटमा दाङ रकपिलबस्तुमा गरि  ११ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले दाङको गढवा गाउँपालिका वडा नं. १ का २८ बर्षीय पुरुष र गढवा २ का ४१ बर्षीय अर्काएक पुरुषमा कोरोना संक्रमन भेटिएको जानकारी दिइन ।  उनीहरु स्थानीय क्वारेन्टिनमा बसेकाहरु हुन ।यो सहित दाङ जिल्लाका कुल२२ जनामा कोरोना संक्रमन देखिएको छ । त्यसमध्य तुलसीपुरका १ जना निको भएर घर गई सकेका छन् ।

विहीवार नै प्रतिष्ठानको रिपोर्ट अनुसार  कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ का २३ र ३० बर्षका पुरुष, वडा नं. ५ का२६ बर्षीय एक पुरुष र वडा नं. ७ का १७, ३७,३९,४०,४३ र ५२ बर्षीय पुरुषहरुमा कोरोना भाइरसको संक्रनदेखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहीवार सम्म २ हजार १ सय ४६ रिपोर्ट परीक्षण गरिएकोमा ८९ जनामा कोरोना संक्रमन पुष्टि भएकोप्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद  देवले बताएका छन् । विहीवार बेलुका सम्म थप ३ सय ७० नमुना प्रक्रियामा रहेकोदेवले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *