२०८३ मङ्सिर १० गते बुधवार

गाउँपालिका अध्यक्ष जस्ले आफुलाई कारोना पुष्टि भएपछि विज्ञप्ति मार्फत सार्वजनिक गरे

दाङ, जेठ १३ । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमन पुष्टि भएको छ । त्यो कुरा उनले आफैंविज्ञप्ति प्रकासित गरेर स्पष्ट पारेका छन् । जेठ १० गते गाउँपालिकामा गरिएको स्वाब संकलनको रिपोर्ट अनुसार  उनलाई कोरोना पुष्टिभएको हो ।त्यसदिन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी चालक र प्रहरीको आरडिटी परीक्षण गरिएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो।त्यसपछि अध्यक्ष पोखरेलले  स्वाब परीक्षण गर्न भैरहवास्थित प्रयोगशाला पठाएकोका थिए ।त्यहीको रिपोर्टमा  अध्यक्ष पोखरेलको नतिजा पोजेटिभ आएको हो ।

उनले यो बीचमा आफू गाउँपालिका छाडेर सदरमुकाम तम्घास मात्रै गएको जानकारी दिएका छन् ।यसबीचमा सम्पर्कमा आएका  व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न उनले आग्रह गरेका छन् । उनले निको नहुँदा सम्म केही हप्ता आफुआइसोलेसनमा बस्ने जानकारी दिएका छन् । विज्ञप्तिमा अध्यक्ष पोखरेलले गाउँपालिकाको वडा नम्बर ४ मा भारतबाट आएका एक व्यक्तिमा समेत कोरोना पुष्टि भएको जानकारीदिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *