२०८३ मङ्सिर १० गते बुधवार

नेपालगन्जमा थप एक युवामा कोरोना पुष्टि

दाङ, वैशाख २६ । नेपालगन्जमा थप एक  युवामा  कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अंचल अस्पतालमा  गरिएको परीक्षणमाशुक्रवार १६ वर्षीय युवामा  संक्रमण देखिएको हो । उनीपनि नेपालगन्ज उपमहानरपालिका वडा नं. ८ कै रहेको कुरा बाँकेका कोरनाफोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।तर उनमा कसरी कोरोना संक्रमण भयो भन्ने  बारे अनुसन्धान हुन बाँकी नै रहेको श्रेष्ठले बताए ।

योसहित नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ । देशभर संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुष ७४ र२८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा बाहेक  अहिलेसम्म अन्य सबै प्रदेशमा संक्रमितहरु भेटिएका छन् ।  सुदुर पश्चिममाप्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २७ जना, गण्डकीमा २, बागमतीमा ७, १ मा ३१ र  प्रदेश दुईमा ३० संक्रमित फेला परेका छन् ।

हालसम्म सबै संक्रमितको अवस्था  सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । शुक्रवारसम्म कोरोना संक्रममित मध्य  ३०जना निको भएर घर फर्किएका छन् । तर ती मध्य ३ जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *