बिजौरी,फागुन १
बिजौरी उद्योग वाणिज्य संघको निर्वाचनफागुन ८ गते हुने भएको छ ।
निर्वाचन समितिले फागुन १० गते तोकेको थियो तर सोही दिन प्रदेश एक्स्पो बेलझुण्डीमा उद्घाटन हुने भएकाले जिल्ला समन्वय समितिको अनुरोधमा फागुन ८ गते निर्वाचनको कार्यक्रम राखिएको समितिका सदस्य गिरीराज केसीले जानकारी दिए ।
निर्वाचनका सम्पूर्ण कार्यक्रम यथावत् राखिएको र मतदानको मितिमात्रै परिवर्तन गरिएको सदस्य केसीले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार
