२०८३ असार १ गते सोमवार

हापुरेको वार्ता घरमा फोटो हेरेर बाबुरामले महरा सम्झिए


हापुरे,मंसिर ११ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हाल पूर्पक्षाका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई स्मरण गरेका छन् । पश्चिम दाङको हापुरेस्थित ‘वार्ता घर’मा पुगेपछि त्यहाँ राखिएका तस्विर तस्विर हेरेपछि भट्टराईले महराको स्मरण गरेका छन् । हापुरे बजारस्थित शिवलाल खत्रीको घरमा तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी र सरकारका बीचमा पहिलो पटक २०६० साल साउन ३२ देखि भदौ २ गतेसम्म वार्ता भएको थियो ।

त्यसबेला सरकार र माओवादी बीच वार्ता भएको घरमा पुगेर त्यहा राखिएका तस्विरहरु नियालेपछि अध्यक्ष भट्टराईले आफुमा रोमाञ्चक अनुभूति भएको समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बुधबार भट्टराई वार्ता घरमा पुगेका थिए । तत्कालिन समयमा वार्ता भएको कोठामा कृष्णबहादुर महरा र आफ्नो फोटोपनि टाँगिएको देखेपछि भट्टराईले रामाञ्चित अनुभुति भएको उल्लेख गरेका छन् ।


भट्टराई आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टीका उम्मेदवारलाई भोट माग्न दाङ आएका थिए । दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा मंसिर १४ गते प्रदेशसभा सदस्य पदको निर्वाचन हुँदैछ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भट्टराई तत्कालीन माओवादी केन्द्र परित्याग गरी नयाँ पार्टी स्थापना गरेर त्यसको संयोजक भएका थिए । तर पछिल्लो समय उनी पार्टी एकता गरेर समाजवादी पार्टी नेपालको नेतृन्व गरिरहेका छन् । महरा भने आफ्नै संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी अभियोग पछि हाल पुर्पक्षका लागि थुनामा छन्।

तस्बिर : बाबुराम भट्टराईको फेसबुक पेजबाट 

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *