तुलसीपुर,२ मंसिर । स्वर्गीय लक्ष्मी घिमिरेको ४५ औ पुण्य तिथिको अवसरमा तुलसीपुरमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष ,ज्ञानज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक एवं समाजसेवी मेघराज घिमिरेले दिवङ्गत आमा लक्ष्मी घिमिरेको ४५औ पुण्य तिथिको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेका हुन ।
सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित घिमिरे परिवारको आयोजना एवं पाल्पाली पोलिक्लिनिक तुलसीपुरको प्राविधिक सहयोगमा एक औपचारिक कार्यक्रमका विच शिविर सम्पन्न भएको हो ।
स्वर्गीय लक्ष्मी घिमिरेका छोरा मेघराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले स्वर्गीय आमाको सम्झनामा गरिएको निःशुल्क शिविरले आमाप्रतिको कर्तव्यबोध तथा सम्मान प्रकट भएको भन्दै सो कार्यको प्रशंसा गरिन ।
कार्यक्रममा स्वर्गीय लक्ष्मी घिमिरेका पति डण्डपाणी घिमिर,ेतुलसीपुर वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, वडा ६ की सदस्य यमुना परियार, जेसीजका कार्यवाहक अध्यक्ष केशव केसी ,मनकामना टोलका अध्यक्ष प्रकाश भट्ट ,समाजसेवी बेगेन्द शाह, पालल्पाली पोलिक्लिनिकका सञ्चालक सुरज ज्ञवाली लगाएतले दिवंगत घिमिरेको स्मरण गर्दै शिविरले विशेषगरी दलित जनजाती विपन्न वर्गका लागि शिविर लाभान्वित देखिएको बताएका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार भागवत भट्टराईले गरेका थिए ।
साथै १ दिने निशुल्क स्वास्थ्य शिविरमा १ सय ५० बढीले मृगौला तथा शुगर परीक्षण गराएका थिए ।
