
दाङ, १६ कार्तिक ।
साझा पार्टी दाङले दाङ क्षेत्र नम्बर ३ (२) मा उम्मेदवारीको घोषणा गरेको छ । साझा पार्टीले सामाजिक अभियान्ता शिवकुमार चौधरीलाई दाङ क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । विगत लामो समयदेखि सामाजिक अभियान्ताको रूपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नात्तकोत्तर गरेका छन् ।
चौधरीले आफू निर्वाचित भएको खण्डमा खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, बालबालिकाहरूका लागि पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने टहलिने ठाउँ, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थाका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान प्रतिवद्धता व्यक्त गरेका छन् । यस अघि पार्टीले कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (१) मा उम्मेदवार घोषणा गरिसकेको छ ।
