२०८३ जेष्ठ ३१ गते आइतवार

शिव सेना नेपाल दाङद्वारा केन्द्रीय अध्यक्ष बस्नेतलाइ छुटाउन माग


तुलसीपुर, असोज २। शिव शेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत लगायत ११ जना पक्राउ परेको विरोधमा विहीबार दाङको तुलसीपुरमा -याली निकालिएको छ ।हिन्दु धर्म बचाउ भन्ने नारा लगाउँदै गर्दा गत भदौ २७ गते काठमाडौंको बसन्तपुर बाट प्रहरीले पक्राउ गरेको थियो ।

अहिलेको सरकारले आफना पार्टीका नेतालाई बिना कारण पक्राउ गरेको भन्दै विना शर्त रिहाईको माग गर्दै याली निकालिएको सिब सेना नेपाल दाङले जनाएको छ ।कार्यक्रममाँ बोल्दै जिल्ला अध्यक्ष् देबिराम भण्डारीले अब पनि आफनो माग सुनुवाई नभए तत्काल कडा आन्दोलनमा जाने चेतावनी दिए । सो अबसरमा बरिष्ठ उपाध्यक्ष असिताभ लामिछानेले केन्द्रीय अध्यक्ष सहितको पदाधिकारीलाई तत्काल रिहाइको माग गरेका हुन् ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *