२०८३ असार १३ गते शनिवार

खोलामा गाडियो ६ हजार लिटर घरेलु मदिरा


दाङ, भदौ २५ । घोराहीमा प्रहरीले बुधवार छ हजार लिटर मदिरा नष्ट गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौंरामास्थित कटुवा खोलामा लगेर उक्त परिमानको मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको हो । बरामद छ हजार लिटर मदिरा टिप्परमा लोड गरेर खोला सम्म लगिएको थियो । त्यो मदिरा नष्ट गर्नको लागि आवश्यक खाडल खन्न एउटा स्काभेटर पनि लगिएको थियो ।

नष्ट गरिएको मदिरा बुधवार विहान उपमहानगरपालिका–१८ का विभिन्न टोल तथा त्यसअघि घोराहीको वडा नं. १८ को फुर्सेखाली, गिठेपानी र ढोडेनी क्षेत्रवाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।
मदिरा नष्ट गर्दा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराई, अधिकारकर्मी लगाएतका पुगेका थिए ।

मदिरा नष्ट गर्ने क्रममा मोजा, मरेका मुसा, प्रयोग गरेका प्याडलगायतका बस्तुहरु फेला परेको पनि प्रहरीले बताएको छ । एक महिना पहिले मात्रै प्रहरीले वडा नं. १८ बाटै ३ हजार ४ सय लिटर मदिरा बरामद गरि नष्ट गरेको प्रहरीले बताएको छ । वडालाई मदिरा निषेधित क्षेत्र बनाउने अभियानले पछिल्लो समय घोराही १८ मा घरेलु मदिरा नष्ट गर्ने अभियान तीव्र पारिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *