
चितवन, भदौ २५ । नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ जनलाई चितवन प्रहरीले पक्राउ गरेको छ । छोरा प्रकाश बाबु ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनस्वाथ्यकर्मी महासंघका महासचिव हुन ।
चितवन मेडिकल कलेज भरतपुरमा आन्दोलन गर्दै सेवा प्रभावित गर्न खोजेको आरोपमा १० पुरुष र ५ महिलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । प्रकाश मेडिकल कलेज भरतपुरमा इन्टर्नसिसप गरिरहेका विद्यार्थी हुन ।
कलेजले निर्धारण गरेको भन्दा धेरै शुल्क लिएको, अध्ययनरत विद्यार्थी तथा बिरामीको समस्या नबुझेको भन्दै केही दिनदेखि चन्दको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित थिए।
प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
