२०८३ असार १३ गते शनिवार

महतराको पुन परिवारलाई सोलार सहयोग


तुलसीपुर, २१ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोटमा रहेको एक विपन्न परिवारलाई सोलार सहयोग गरिएको छ । समाजसेवी टोपबहादुर महतराको अगुवाईमा छिल्लीकोट तिनुखोलाका मिना पुनको परिवारलाई २० वाट क्षमताको सोलार सहयोग गरिएको हो । मिनाका श्रीमान धन बहादुर पुन कैदीबन्दी रहेको र उनको परिवार विपन्न परिवार भएकाले सोलार सहयोग गरिएको महतराले बताए ।

उपमहानगरपालिकाभित्र नै विद्युत लाईन नपुग्दा बालबालिकालाई पढ्नसमेत समस्या भएको देखेर पुन परिवारलाई सोलार बत्ती सहयोग गरिएको महतराले बताए । पीडित सेवा संघको आर्थिक सहयोगमा १५ हजार बराबरको सोलार सहयोग गरिएको संघका जिल्ला संयोजक महतराले बताए । शुक्रबार पुनको घरमै गएर सोलार जडानसमेत गरिदिएको उनले बताए ।

घरमा सोलार जडान भए पनि पुन परिवार खुसी भएको बताए । गाउँमा बत्तीको मुख देख्न पाइएको थिएन, अहिले सोलारको बत्ती देख्दा खुसी भएको मिनाले सुनाइन् । उनले यसले छोरीको पढाइमा समेत सहयोग पुग्ने बताइन् । उक्त अवसरमा कपडा पनि सहयोग गरिएको थियो । महतराले विगत केही वर्षदेखि कैदीबन्दीहरुको परिवार र छोराछोरीलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *