
दाङ, भदौ २० ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जर्नादन शर्मा (प्रभाकर)ले आफूले भूमिगत रुपमा राजनीतिक गतिविधि गर्दैै आएका नेत्र विक्रम चन्द (विप्लव)लाई खोजीरहेको बताएका छन् । दाङको तुलसीपुरमा शुक्रबार बिहान प्रेस संगठन दाङले गरेको पत्रकार सम्मेलनमा नेकपाका संगठन विभाग उपप्रमुखसमेत रहेका शर्माले विप्लव आफ्नो मित्र भएको भन्दै वार्ताको लागि खोजीरहेको बताएका हुन् ।
उनले विप्लवलाई सिधै काठमाडौं आएर राजनीतिक निकासका लागि खुल्ला छलफलमा सहभागी हुन आग्रह पनि गरेका छन् । ‘विप्लवजी कहाँ गएर बस्नुभएको छ म खोजी रहेको छु । आउनुहोस् खुल्ला छलफल गरौं यो सबै कुरा समाधान हुन्छ, अब हामी सबै मिलेर संविधानलाई कार्यान्वय गर्नुपर्ने छ’ शर्माले भने ।
‘विप्लवजी कहाँ गएर बस्नुभएको छ म खोजी रहेको छु । आउनुहोस् खुल्ला छलफल गरौं यो सबै कुरा समाधान हुन्छ, अब हामी सबै मिलेर संविधानलाई कार्यान्वय गर्नुपर्ने छ ।’
उनले संगठन गर्न समाजवाद, समाजवादको कार्यक्रमलाई लागू गर्न, समाजवादी क्रान्तिलाई अगाडि बढाउन, भ्रष्टाचारका विरुद्ध लड्न, तल्लो उत्पीडित जनताको पक्षमा बोल्न सबै कुरा छुट रहेको उनले तर्क गरे । ‘विप्लवजी कहाँ गएर लुक्नु भएको छ मैले तपाईलाई खोजिरहेको छु । आउनुस् छलफल गरौं’ शर्माले भने ।
अधिकारको कुरा संविधानमा लेखिसकिएको हुँदा त्यसलाई कार्यान्वयन गर्नका लागि सबै लाग्न जरुरी रहेको उनको कथन थियो । ‘विप्लव जी मेरो हिजो पनि साथी हो र आज पनि साथी हो’ शर्माले भने ‘साथीलाई मेरो आह्वान के छ भने छिटो आउनुहोस् यो कुरा सबै हामी समाधान तिर जान सक्छौं ।’ उनले विप्लवलाई सिधै काठमाडौं आउन तथा चित्त नबुझेका कुरामा खुला र सिधा छलफल गर्न आग्रह गरे । फरक प्रसंगमा उनले दुई अध्यक्षले जे सल्लाह गर्छन् त्यही कुरा लागू हुने बताए ।
दुई अध्यक्षले सल्लाह गरेर कार्य विभाजनको जिम्मेवारी सम्हाल्दै आएको हुँदा आगामी दिनमा पनि दुई अध्यक्षले जे निर्णय गर्छन् त्यही कुरा लागू हुने उनले बताए । प्रधानमन्त्री केपी ओली उपचारका लागि विदेश जाँदा अर्काे अध्यक्ष प्रचण्डले पार्टीको अध्यक्षता गर्नु निर्णयहरु गर्नुले भविष्यमा पनि आवश्यकताका आधारमा दुई अध्यक्षले त्यो निर्धारण गर्ने उनले बताए । कार्यक्रम प्रेस संगठनका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको थियो भने सहजीकरण पाण्डव शर्माले गरेका हुन् ।
