२०८३ जेष्ठ ३१ गते आइतवार

प्रतिष्ठानका रजिष्ट्रार माथि भएको दुव्र्यवहारको काँग्रेसद्धारा भत्र्सना

दाङ,भदौ १२ । नेपाली काँग्रेस दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार माथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । कार्यकक्षमै रजिष्ट्रार रामप्रशाद प्याकुरेलमाथि हातपात हुनले कानुनी साशनको खिल्लि उडाएको भन्दै दोषीलाई कारवाहीको माग गरिएको छ ।

जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काले विहीवार एक विज्ञप्ति प्रकासित गर्दै प्रतिष्ठानलाई आवश्यक बजेट नदिएको, बजेट दिनु हुँदैन भने सदन र सिनेटमा भाषण गर्ने गरिएको तथा स्थानीय स्तरमा काम गर्न नदिन नियोजित रुपमा आन्दोलनको बाहाना गरिएको उल्लेख गरिएको छ ।

सरकारद्धारा नै छानविनका नाममा प्रतिष्ठानका पदाधिकारीलाई हतोत्साहित गराउने, सत्ता नै असहयोगी बन्ने गरेको, प्रतिष्ठानको लागि आएको बजेटलाई फिर्ता गराउने तथा कामगर्न नदिएर काम गर्न नसकेको भन्दै प्रतिष्ठानको राजीनामा माग्ने कुरा नियोजित प्राप्रोगाण्डा मात्रै भएको विज्ञप्तिमा दोषारोपन गरिएको छ ।

सभापति खड्काले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा भइरहेको आन्दोलनमा कुनैपनि प्रकारले सहभागिता नजाउन सबै कार्यकर्ता, भातृ संस्था र सुभेच्छुक संस्थामा आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *