२०८३ जेष्ठ ३१ गते आइतवार

संघीयता उल्टाउनु पर्छ भन्नु गलत हो – रविन्द्र मिश्र

तस्बिर : राजेश खत्री

दाङ, भदौ ७ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले भ्रष्ट,असक्षम र परम्परागत पार्टीको विकल्पको रुपमा साझा पार्टीलाई उभ्याउने बताएका छन् । शनिवार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको केही वर्षमा साझा पार्टीले देशको यो व्यवस्था फेर्ने दाबी गरे । संघीयता कार्यान्वयमा आएको २ बर्षपनि नभएको हुँदा अहिलै यसको बिरोधमा लाग्नु गलत भएको उनले बताए ।

संविधानलाई दुई ÷चार बर्षमा बदल्दै जाने हो भने कहिलै देशमा स्थिता नआउने उनले बताए । अहिलै आफुहरु यस्लाई उल्टाउनु पर्छ र पल्टाउनु पर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारेका उनले संविधानले निर्दिष्ट गरेका बाटो बाट नै देशले फड्को मार्ने उनले विश्वास व्यक्त गरे । परिवर्तनका एजेण्डलाई दोष दिनु भन्दा यसलाई हेन्डल गर्नेहरु गलत भएर समस्या भएके उनले बताए ।

संविधानलाई हिंसात्मक ढंगवाट उलंघन गरेर देशलाई लान नहुने बताएका उनले विप्लवले शान्तिपूर्ण ढंगवाट राजनीतिक अधिकार खोज्न उनले आग्रह गरे । बमै पड्किन थालेपछि र मानिसहरुको ज्यानै जान थालेपछि सरकारले विप्लवमाथि प्रतिवन्द लगाउनुलाई अन्यथा नरहेको बताएपनि तर उनले सही समाधान भने वार्ता नै भएको उनले बताए ।

त्यस्तै संयोजक मिश्रले थुनामा रहेका टिभीका कार्यक्रम प्रस्तोता रवी लामिछोको सवालमा अनुसन्धानलाई प्रभावित पार्नेगरी मास ट्रायल र मिडिया ट्रायल गर्न नहुने बताए ।

‘अनुसन्धानको आफनै पद्धती र नियम हुन्छ,’ संयोजक मिश्रले अगाडि भने–‘चितवनमा लामीछानेका शुभेच्छुकले गरेको प्रदर्शन र युटवरले गरेको ट्रायलले अनुसन्धानलाई प्रभावित पार्न सक्छ । हाम्रो साझा पार्टीले पनि विज्ञप्ति जारी गरीसकेकोले निश्पक्ष छानविन होस भन्ने हाम्रो पनि चाहाना छ।’

मधुसुदन केसी जिल्ला संयोजक
साझा पार्टी दाङको संयोजकमा हिमाल एकाडमीका प्रिन्सिपल मधुसुदन केसीलाई चयन गरिएको छ । उक्त पार्टीको शनिवार होटेल वष्टर्न पार्टी प्यालेसमा भएको भेलाले केसीलाई सर्वसहमतिमा जिल्ला संयोजक चयन गरेको हो ।

मधुसुदन केसी

साझा पार्टीले जिल्लाका दश मध्य आठ स्थानीय तहरुमा पनि संयोजक चयन गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा केपी न्यौपाने, घोराहीमा उपमहानगरपालिकामा खगेश्वर पौडेल, लमही नगरपालिकामा बाबुराम कुमाललाई संयोजकमा चयन गरेको छ । त्यस्तै दंगिशरणा गाउँपािलकामा बालुराम चौधरी, शान्तिनगर गाउँपालिकामा रूद्रमणाी लामीछाने,बबईमा प्रदिप वली, राजपुरमा धर्मराज डाँगीलाई संयोजकमा चयन गरिएको जिल्ला संयोजक मधुसुधन केसीले बताए । तर गढवा र बंगलाचुली गाउँपालिकाको संयोजक भने चयन हुन बाँकी रहेको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *