२०८३ जेष्ठ ३१ गते आइतवार

अनुराग खड्काले भने–‘म बुवाको विडो थाम्न अब पुरै राजनीतिमा होमिन्छु’

दाङ, भदौ ७ । नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका पुत्र अनुराग खड्काले जिल्लाका युवाहरुलाई शनिवार सम्वोधन गरेका छन् । तुलसीपुरको होटेल वष्टर्न प्यालेसमा युवाहरुलाई सम्वोधन गर्दै खड्काले आँफु स्वर्गीय बुवाको विडो थाम्न राजनीतिमा सक्रियता पूर्वक होमिने बताए ।

अनुरागले युवाहरुलाई नेताहरुको भार बोक्न तयारी भएर बस्नुपर्ने बेला आउन थालेको बताए । ‘अब उमेर चढ्दै गएका नेताहरुले धेरै भार बोक्न सक्नु हुन्न । उहाँको अब त्यो भार हामी युवाहरुले बोक्ने बेला आएको छ,’ खड्काले भने ‘ त्यो भार जति सुकै भारी होस लोकतन्त्रको रक्षाको लागि हामी युवा त्यो बोक्न तयार भएर बस्न जरुरी छ।’ युवाहरु जोस, जाँगर भरिपूर्ण भएको हुँदा त्यसलाई अब नेपाली काँग्रेस बलियो बनाउन सदुपयोग गर्न जरुरी रहेको उनले बताए ।

लोकतन्त्रको रक्षाको लागि युवा पुस्ताले विगतमा अग्रज नेताहरुले गरेको भन्दा प्रजातन्त्रको रक्षाको थप भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको कथन थियो । ‘नेपाली काँग्रेस भनेको रुख हो र त्यो रुख भनेको हामी युवाहरु हौं,’ खड्काले भने ‘जवसम्म रुखको जरा बलियो हुँदैन तव सम्म रुख बलियो हुन सक्दैन ।’

युवाहरु नै गुटवन्दीमा लागेमा काँग्रेस कमजोर हुने उनको तर्क थियो । ‘न यस्को मान्छे न उस्को मान्छे । म मात्रै नेपाली काँग्रेसको मान्छे । रुख हो त्यही भोट हाल्ने,’ अनुराग खड्कोले भने । गत निर्वाचनको बारेमा कुरागर्दा धेरैले आँफुलाई आज आएर काँग्रेसकै मान्छेहरुले पनि अरु पार्टीका उम्मेदवारलाई भोट हालेको भन्ने गरेको भन्दै युवा खड्काले अब त्यो अन्त्य गर्न युवापंक्ति अग्रसर हुनुपर्ने तर्क गरे । टिकेट नपाउँदा सम्म लड्न जरुरी होला तर टिकेट पाएपछि जस्ले टिकेट पाउँछ उसैलाई विजयी गराउन लाग्न अपरिहार्य हुने उनले बताए । ‘रुख मै भोट हाल्नु प¥यो । खुट्टा तान्नु भएन । मात्रै यत्ति बुझौं हामी नेपाली काँग्रेस हौं र हामी युवा गुटवन्दीमा लाग्नु भएन,’ अनुराग खड्काले भने ।

गुटवन्दीले गर्दाले पार्टी कमजोर भएको बताएका उनले अबपनि गुटवन्दी जारी रहे काँग्रेस अगाडि बढ्न मुस्लिक पर्ने खड्काको धारणा थियो । कम्युनिष्ट सरकारसंग भिड्ने समय आउन सक्ने भन्दै उनले त्यसका लागि एक भएर उभिन जरुरी रहेको बताए । उनले युवाहरुलाई नडराउँ, नआत्तिउँ आग्रह गरे । खड्काले भने ‘ मेरो बुवा आज हुनुहुन्न । म राजनीति सिक्दैछु । बोल्न सिक्दैछु । तपाँईहरुले नै मलाई सिकाउने हो ।’ आफ्नो स्वर्गीय बुवा खुमबहादुर खड्का १६ बर्षसम्म पावरमा नहुँदापनि कुनैपनि पावर भएको मान्छे भन्दा कम नभएको स्मरण गर्दै उनले आँफुलाई पनि त्यसैगरी साथ दिन आग्रह गरे ।

‘जवसम्म तपाँई मेरो साथमा हुनुहुन्छ मलाई घेर्न खोजुन तान्न खोजुन म चाँही विचलित हुनेवाला छैन।’ खड्काले भने । उनले आँफु बुवाको विडो थाम्छु भनेरै स्कटल्याण्ड बाट आएको बताए । ‘मैले चाहेको भए त्यही जागिर खान सक्थे । डलरमा कमाउन सक्थे हुँला,’ अनुरागले भने ‘ तर मैले बुवाको विडो थान्नु पर्छ भनेर राजनीतिमा होमिन आएको छु।’ बुवाले देखेका सपना र दाङ निर्माण गर्ने कुरा पुरा गर्न आँफुलाई साथ दिन उनले आग्रह गरे । कार्यक्रमका अन्य बक्ताहरुले खड्कालाई बुवा जस्तै गरि तेरो मेरो नभनी जनताको सेवामा सर्मपित हुन सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागिहरुले पार्टी भित्रको गुट उपगुट अत्य गर्ने तर्फ सबै लाग्नु पर्ने बताए थिए । कार्यक्रममा प्रजातान्त्रीक उद्योगी व्यवसायी सघका अध्यक्ष जनकप्रसाद खरालले एजेण्डा स्थापित गर्ने समुह गुट सक्रिय हुनु स्वभाविक भए पनि एजेण्डा स्थापित भइ पार्टीको निर्णय आइ सके पछि त्यो भन्दा बाहिर गुट बनाएर जान नहुने बताए । खरालले कार्यकर्ताहरुले नै गुट उपगुट हटाउन सक्ने बताए । कार्यकर्ता गुटको पछि नलागेर पाटी र नीतिको पछि लागे नेताले मात्रै गुट निर्माण गर्न नसक्ने हुदा गुटको राजनीति त्यहि सकिन्छ उनले भने ।

तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले नेता अनुसार पार्टी भित्रको गुटले कार्यकर्तालाई निरास बनाउने र पार्टीले हार्ने काम भएको बताए । उनले नेताले गुट हैन संगठन बनाउने तर्फ लाग्नु पर्ने बताए । कार्यक्रममा दरुणदलका अध्यक्ष टिका घर्ती, तुलसीपुर ८ का इकाई सभापति बलिराम खत्री, किरण पौडेल लगायतकाले भनाईहरु राखेका थिए थिए । कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघ दाङका कोषाध्यक्ष अरुण लहरेले गरेको थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस
  1. प्रेम गिरी says:

    कुरा सत्ते हो तर स्थापित नेता हरु बाट आम जनता र कार्यकर्ता को अपेक्षा न हुने को के ज्ञारंटी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *