दाङ,साउन २९ । जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिइने भएको छ । हिन्दुहरुको महत्वपूर्ण चाडका रुपमा रहेकाले सरकारले विदा कटौती गरेपनि स्थानीय विदा समायोजन हुने गरी विदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले जानकारी दिए । संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा विदा दिइएको बताए । ‘विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको वोध गर्दै विदा दिएका हौं’,–संयोजक विकले भने । शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा विदा दिदै आएको छ ।
जिल्लाकै अर्कौ उपमहानगरपालिका घोराहीले भने जनै पूर्णिमाको अवसरमा सार्वजनिक विदा नै दिएको छ । हिन्दु धर्मालम्बीहरुको चाड रक्षावन्धन र जनैपूर्णिमा तथा स्थानीय नेवार समुदायको गाइजात्रा समेत पर्ने भएको हुँदा उपमहानगरपालिका भरि सार्वजनिक विदा दिइएको छ। उपमहानगरपालिका कार्यपालिकाको बुधवारको बैठकले उपमहानगरका र त्यस अन्तरगतका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
