२०८३ असोज २६ गते सोमवार

न्यू शान्ति बोर्डिङका ३ बिद्यार्थीले तेक्वान्दोमा जिते भारतमा ३ स्वर्णसहित बिभिन्न पदक

तुलसीपुर , असोज २६ ।


तुलसीपुर उपमहानगरपालिका – ११ स्थित न्यूशान्ति बोर्डिङ स्कूलका बिद्यार्थीले छिमेकी देश भारतमा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिामा तीन पदक जितेका छन् ।
भारत चन्डीगढको सेक्टर – १० स्थित स्केटिङ रिङमा असोज २४ र २५ गते गरि दुई दिन सम्म चलेको ५औँ इन्डो – नेपाल अन्तराष्ट्र्रि तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा न्यू शान्ति बोर्डिङ स्कूलका तीन बिद्यार्थीले पदकहरु जितेका हुन ।
प्रतियोगितामा उत्कृष्ट पर्दशन गदै पेयर पुम्से बाट न्यू शान्तिका बिद्यखर्थी दीपेन्द्र चौधरीले स्वर्ण पदक जितेका छन् ।
चौधरीले स्पिड किकमा रजत पदक र बोर्ड ब्रेकिङमा पनि रजत पदक नै जित्न सफल भएको बिद्यालयका प्रिन्सिपल निशान खड्काले जानकारी दिए । चौधरीले फाइटमा भने कास्य पदक जितेको प्रिन्सिपल खड्काले बताए ।


बिद्यालयकी अर्की छात्रा त्रिजा बुढा मगरले पनि प्रतियोगितामा उत्कृष्ट पर्दशन गर्दै ग्रुप पुम्सेमा स्वर्ण पदक, फाइट तर्फ पनि स्वर्ण पदक र सिंगल पुम्सेमा रजत पदक जितेको प्रमुख प्रशिक्षक बमबहादुर बिकले जानकारी दिए ।
त्यस्तै अर्की छात्रा बिनिता चौधरीले पनि ग्रुप पुम्सेमा स्वर्ण पदक, फाइट तर्फ रजत पदक र सिंगल पुम्सेमा कास्य पदक जिन्त सफल भएको बिद्यालयकी कोच दीपिका बुढा मगरले बताइन ।


छिमेकी देश भारतमा भएको प्रतिष्पर्धामा बिद्यालयका तीन प्रतिभाशाली खेलाडीले हासिल गरेको गौरवपूर्ण सफलताले विद्यालयको शिर उच्च बनाउनुका साथै सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित तुल्याएको प्रिन्सिपल खड्काले बताए ।


साथै पदक जित्ने प्रतिभावान खेलाडीलदाई बिद्यालय परिवारले खेल प्रतिको समर्पण र निरन्तर प्रयास जारी राख्न आग्रह गरेको छ ।
बिद्यालय तहका भारत र नेपालका तेक्वान्दो खेलाडीका बीच खेलकुद सम्बन्ध सुदृढ पार्न तथा नयाँ प्रतिभाहरू उजागर गर्न प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *