
तुलसीपुर, भदौ ३० ।
अभिनेता अर्जुन श्रेष्ठ र उनका दाजु प्रतिष्ठत ब्यापारी उत्तम श्रेष्ठ दाजु भाइले तुलसीपुरमा पाँच तले नयाँ सिनेमा हल निर्माण सुरु गरेका छन् ।
केही समय पहिले भत्काइएको ‘विष्णु चलचित्र हल’ भएकै ठाउँमा श्रेष्ठको परिवारले नयाँ र आधुनिक सिनेमा हल निर्माणको औपचारिक रुपमा थालनी गरेका हुन ।
तुलसीपुर उपमहागनरपालिका–६ डुर्मीगाउँस्थित साविक विष्णु चलचित्र रहेकै ठाउँमा पाँच तले नयाँ सिनेमा हल अबको डेढ बर्षको अवधिमा निर्माण भइ सक्ने उत्तमले बताए ।
सोमबार सिनेमा हलको जग पूजन गरि शिलन्यास गरिएको थियो ।
नयाँ सिनेमा हल निर्माण कार्य १८ महिनामा सक्ने लक्ष्य लिइएको छ । पाँच तले हल निर्माण गर्न झन्डै २४ करोड लागत अनुमान गरिएको छ ।
यहाँ सपिङ मल, सिनेमा हल निर्माणका जिम्मा तुलसीपुरकै निर्माण ब्यबसायी गेहेन्द्र गिरीले पाएका छन् ।


उत्तम श्रेष्ठका अनुसार सबभन्दा तल्लो तलामा सपिङ मल रहने छ । सबै भन्दा माथिल्लो तलामा सिनेमा हल निर्माण गरिने छ ।
विगतमा पनि यही ठाउँमा श्रेष्ठ परिवारले यो आफ्नै जग्गामा सिनेमा हल सञ्चालन गरेको थियो । श्रेष्ठ परिवारले त्यो पुरानो तथा साधा पर्दाको सिने हल अघिल्लो बर्ष मात्रै धत्काएको थियो ।
अत्याधुनिक सिनेमा हलका साथै सपिङ मल एकै छानो मुनी सञ्चालन गर्ने लक्ष्यका साथ नयाँ हल निर्माण थालिएको श्रेष्ठले बताए ।
उनका भाइ अर्जुन श्रेष्ठ चिरपरिचित अभिनेता हुन । उनी आँफै निर्माणता पनि हुन । श्रेष्ठ परिवारले सुरुमा दाङमा चलचित्र निर्माण गरेको थियो । घोराहीमा पनि स्वर्गद्वारी चलचित्र हल छ ।
पुरानो सिनेमा हल भत्काएर आधुनिक सिनेमा हल निर्माण गर्नुको उदेश्य तुलसीपुरको संभावना थप उजागर गर्ने उत्तमले बताए । साथै उनले अरूका लागि रोजगारीका अवसरहरू पनि सृजना गुर्न प्रमुख उदेश्य रहेको बताए ।
यसअघि नै तुलसीपुर–६ मै दुई वटा आधुनिक सिनेमा हल निर्माणाधीन अवस्थामा छन् ।

दाङको नारायणपुरमा सिनेमा हल सञ्चालन गर्दै आएको समूहले तुलसीपुर–६ को बरूवा गाउँमा झन्डै २२ करोड लागतमा भिएफएक्स सिनेमा हल निर्माण कार्य मंसिरदेखि जारी राखेको छ।
त्यस्तै, तुलसीपुर–६ को रजौरामा झन्डै १८ करोड जति लगानीमा आधुनिक सिनेमा हल निर्माण कार्य धमाधम चलिरहेको छ ।
ती हलहरु करिब पाँच सय सिट क्षमताका सिनेमा हलहरू निर्माण गरिने उनीहरुले बताएका छन् ।
ती मध्य रजौराको सिनेमा हल निकट भविश्य अर्थात अबको दुई तीन महिना भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिइएको छ ।
साविक राप्तीको अञ्चल सदरमुकाम तुलसीपुरमा सबैभन्दा पहिले २०५० सालतिर नेपाली कांग्रेस नेता धुर्ववराज पुरीले ‘ऊँ शान्ति सिनेमा हल’ निर्माण गरी सञ्चालनमा ल्याएका थिए । यद्यपी साधा पर्दाको त्यो सिनेमा हल सिनेमा हल पछिल्लो समय सञ्चालनमा छैन ।
तुलसीपुर झन्डै एक दशकदेखि सिनेमा हल बिहिन रहँदा एकै साथ तीन वटा सिनेमा हल निर्माणको काम अगाडि बढेको छ ।
