दाङ , भदौ २६ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ ।
शुक्रबार संसदीय दलले ३ लाख ६१ हजार ६ सय ६७ रकम कोषमा जम्मा गरेको हो ।
भदौ १० गते बिहान आएको बिनासकारी बाढी पछि याहँको काँग्रेस संसदीय दलले भदौ १२ गते बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले एक महिनाको पारिश्रमिक तथा संसदीय दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको बताए ।
यसैबीच शुक्रबारको बैठकले विपद्का कारण प्रभावित परिवारप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्दै पीडितहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सरकारलाई आग्रहसमेत गरेको छ ।
