दाङ, भदौ २४ ।
झन्डै साढे २२ लाख जति ठगी गरेको भन्ने बैंकिङ कसुर मुद्दामा एक जनालाई रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका – १ स्यालाखाँदी घर भइ आठबिसकोट – ९ स्थित राडिबजारमा बस्दै आएका ४२ बर्षीय जीवन बुढा पक्राउ परेका छन् ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार बुढा मंगलबार दिउँसो राडिबजार बाट पक्राउ परेका थिए ।
एक जना ब्यक्तिलाई दिनुपर्ने २२ लाख ४३ हजार बराबर रकम नदिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन । प्रहरीले उजुरी पछि अदालत बाट पक्राउ पुर्जी लिएको थियो ।
प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार
