
सिंहदरबारमा सोमबार कोभिड-१९ विरूद्धको खोप अभियानबारे छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस
दाङ, साउन २८ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किन लागेका छन् ।
उनी हङकङबाट दिउँसो साढे बजेतिर त्रिभुवन विमानस्थल अवतरण गर्ने कार्यतालिका छ ।
देउवाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू त्रिभुवन विमानस्थल पुग्ने तयारी गरि रहेका छन् ।
भदौ २४ गतेको जेनजी आन्दोलनको नाममा उनको घरमा तोडफोड तथा आगजनी हुनुका साथै देउवा दम्पत्ति माथि सांघातिक हमला भएको थियो ।
फागुन २१ को निर्वाचन अगाबै देउवा दम्पत्ति गत फागुन १३ गते उपचारका लागि सिंगापुर पुगेका थिए । देउवा पत्नी डा. आरजु राणा देउवासहित सिंगापुरबाट थप उपचारका लागि हङकङ पुगेका थिए ।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा शुक्रबारदेखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
