दाङ, साउन २७ ।
सुर्खेतमा सर्पदंश बाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको चौकुने गाउँपालिका – १० चालिखेकी ५८ बर्षीया देउमा कामीको सर्प दंशबाट मृत्यु भएको जिल्लाका प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए ।
उनलाई बुधबार बिहान पौने ६ बजेतिर घरमै भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औलामा पहिचान नभएको सर्पले डसेको थियो ।
उपचारका लागि बिहान साढे १० बजेपछि मात्रै कर्णाली प्रदेश अस्पताल कालागाउ पुर्याइएको थियो ।
उनलाई चेकजाँच पछि चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
