२०८३ असार २३ गते मङ्गलवार

आजको राष्ट्रिय सभामा गृहमन्त्री गुरुङ र अर्थमन्त्री वाग्लेसहित ८ मन्त्रीले जवाफ दिं‌दै


काठमाडौं ,असार २३ । राष्ट्रिय सभामा आज गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित ८ मन्त्रीले बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदैछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ ।

रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयमाथिको प्रश्नको जवाफ पनि आजै प्रस्तुत हुनेछ ।

रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयमाथिको प्रश्नको जवाफ पनि आजै प्रस्तुत हुनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित विधेयकहरू अगाडि बढाउँदैछन् ।

यस अन्तर्गत आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि अगाडि बढाइँदैछ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *