२०८३ असार १६ गते मङ्गलवार

भदौ २४ गते तुलसीपुर कारागार बाट भागेका कैदी बन्दी पक्राउ


दाङ, असार १६ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार भित्र भड्केको माहोलमा तोडफोड गरि भागेका एक जना कैदी बन्दी पक्राउ परेका छन् ।
कपिलबस्तुको बिजयनगर गाउँपालिका –४ देउपुरका ३३ बर्षीय बब्लु भनिने बुधई यादव जेल तोडफोड गरि भागेका थिए ।
दाङ जिल्ला अदालतले यादवलाई २०८०/०३/२७ गते लागुऔषध मुद्दामा ५ बर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।
त्यस्तै यादबलाई जिल्ला अदालत कपिलबस्तुले आगुऔषध मुद्दामा २०८१/०३/१४ गते १० बर्ष कैद र ७५ हजार जरिवानको फैसला सुनाएको थियो ।
दुबै सजाय गरि कुल १५ बर्ष कैद र ८० हजार जरिवाना तोकिएको गुप्ता तुलसीपुरस्थित कारागार बाट २०८२ भदौ २४ गते जेनजी आन्दोलन भड्केको मौका छोपी कारागार तोडफोड गरि फरार भएका थिए ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गणेशपुर कपिलबस्तुबाट प्रहरी निरीक्षक महेशकुमार आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिजयपुर गाउँपालिका – ४ जोलाही चोकमा यादवलाई फेला पारी कपिलबस्तु जिल्ला अदालतमा पेश गरिएको थियो ।
कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार अदालतको आदेशले तोकिएको १५ बर्षको सजाय भुक्तान र ८० हजार जरिवानाका लागि उनलाई मंगलबार कारागार चलान गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *