
तुलसीपुर, असार १६ ।
नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले दाङको लमहीमा मंगलबार लुम्बिनी प्रदेशस्तरीय भेला गरेको छ ।
‘बृहत्तर एकता आजको आवश्यकता’ बिषयक भेलामा प्रमुख अतिथिनिवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर छन् । त्यो भेलामा निवर्तमान केन्द्रीय सदस्यहरु कुन्दनराज काफ्ले, गेहेन्द्र गिरी, लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी,लगायत नेताहरू सहभागी छन ।
भेलाका सहभागी बक्ताहरुले यतिखेर काँग्रेस भित्र सबैका बीचमा सम्मान जनक मिलन आवश्यक रहेको बताए । त्यस्तै उनीहरुले क्रियाशिल सदस्यता अद्यावधिक गर्नुको कुनै तुक नरहेको दाबी गरे ।
साथै उनीहरुले छिट्टै नियमित १५औं महाधिबेशनको माग गरेका थिए । देउवा पक्ष र नेता शेखर कोइराला पक्ष गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् ।
संस्थापनइतर पक्षले यसअघि अन्य ६ प्रदेशमा भेला गरिसकेका छन् ।
प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार