दाङ, मंसिर २८ । पौने ७ लाख पर्ने सुनका गहनासहित बाँकेबाट भारतिय नागरिक पक्राउ परेका छन् ।
भारत बाणगंगाका ४० बर्षीय बब्लु भनिने संजयकुमार सोनी पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
बाँकेको नेपालगंज उपमहानगरपालिका – १० साझा चोकस्थित चारबाहिनीबाट जमुना नाका हुँदै भारत तर्फ जान लागेको समयमा प्रहरीले उनलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
सोनीको साथबाट प्रचलित बजार मूल्य ६ लाख ७८ हजार भन्दा बढी हुने आउने प्रहरीले जानकारी दिएको छ ।
यू पी ४० ए यू ४१९९ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सोनी चेकजाँचका बुधबार बेलुकी पख बिभिन्न सुनका गरगहनामा पक्राउ परेका थिए ।
प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार