२०८३ बैशाख ३० गते बुधवार

आवश्यक सावधानी नअपनाउँदा चालकको करेन्ट लागेर मृत्यु


तुलसीपुर, बैशाख २९ ।
दाङमा एक जना बसका चालकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको बबई गाउँपालिका–७ मलइका ४१ वर्षीय पुर्णबहादुर वलीको मंगलबार दिउँसो करेन्ट लागेर मृत्य भएको हो । उनी रा. १ ख. २१९८ नम्बरको बसका चालक हुन ।
दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार दिउँसो मलइबाट तुलसीपुर तर्फ आउँदै गरेको उक्त बसको टायर बबइ –७ पातिहाल्नानास्थित भित्रि सडक खण्डमा पन्चर भएको थियो ।
चालक वली पन्चर भएको टायर फेर्नेका लागि छतमा राखिएको अर्कौ टायर निकाल्न भनेर बसको छतमा चढेका थिए । त्यतिखेर आवश्यक सावधानी नपनाउँदा चालक वलीले बिद्युत बिस्तारका लागि तानिएको नाङ्गो तार छुन पुगेका थिए । प्रहरी प्रबक्ता बोहराका अनुसार त्यसैबाट करेन्टको झट्का कारण चालक वली अचेत बनेका थिए ।

अचेत अवस्थाका वलीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *