
दाङ, बैशाख २५ । सुर्खेतमा शुक्रबार सुकुमबासीले पर्दशन गरेका छन् । सयौंको संख्यामा जम्मा भएका सुकुमबासीले दिउँसो वीरेन्द्रनगर बजारमा बिभिन्न नाराबाजीसहित पर्दशन गरेका हुन ।
पर्दशनका सहभागीहरुले पहिले सुकुमबासीको उचित ब्यबस्थापन गरेर मात्रै हटाउनु पर्ने माग गरेका थिए । अनेत्र ब्यबस्था नगरी बर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट हटाए थप आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार