दाङ, चैत २२ ।
रोल्पामा भएको ट्रयाक्टर दुर्घटनामा परि दाङका एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका – ४ भागरेका २१ बर्षीय सामिल बिकको घटनास्थलमै मृत्यु भएको रोल्पा जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
शनिबार बेलुकी साढे ६ बजेतिर जिल्लाको थवाङ गाँउपलिका – १ रिखोलामा झकेवाङदेखि थवाङ बजार तर्फ जाँदै गरेको रा १ त ३८३४ नम्बरको पानी बोक्ने ट्याक्टर अनियन्त्रीत भई बाटोदेखि ५० मिटर तल खसेको थियो ।
ट्रयाक्टरमा सवार दुई जना मध्य एक जनाको अवस्था भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार
