दाङ, चैत १६ ।
सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामुहिक बलात्कार पछि हत्या भएको अभियोग पत्र सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दर्ता गरेको छ ।
घटनामा संलग्न भनिएका चारै जना बिरुद्ध त्यस्तो अभियोग पत्र दर्ता गरिएको छ ।
उस्ले चारै जना जनाविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइ कारबाही गर्न माग गरेको छ । अभियोगपत्रमा उनीहरूले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको ठहर गरिएको छ ।
जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावललेले अभियोग पत्र दर्ता भएका चार जना प्रतिबादीहरुको सोमबारदेखि बयान सुरु हुने जानकारी दिए ।
ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वनको पार्कमा मृत अवस्थामा फेला परेकी थिइन् ।
यसअघि पोष्टमर्टम रिपोर्टले बलात्कारपछि यांैनाङ्गमा भित्री चोट पटक लागेको र त्यसले गर्दा अत्यधिक रक्तश्रावका कारण इनिशाको मृत्यु हुन पुगेको स्पष्ट गरि सकेको थियो । इनिशाको शब अझैं सुर्खेत कालो गाउँस्थित कर्णाली प्रादेशिक अस्पतालमै छ। इनिशाका अभिभावकले चारै जनाका बिरुद्ध सामुहिक बलात्कार गरि हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।
सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामुहिक बलात्कारका कारण अत्यधिकरक्त श्राबका कारण उनको मृत्यु हुनु पुगेको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको हो ।
इनिशा माथि बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका किशोरसहित चारै जना १८ वर्षभन्दा कम उमेरका छन् । उनीहरु सबै सहपाठी हुन ।
इनिशामाथि भएको बलात्कार र हत्या घटनामा न्यायको माग गर्दैै देशव्यापी विरोध पर्दशन हुँदै आएको छ ।
यो घटना बारे चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिबेदन सरकारी वकिल कार्यालयलाई पेश गरेको थियो ।
जस्मा इनिशा बिक माथि भएको बलात्कार र हत्या घटना सामुहिक होइन भन्ने राय पेश थियो । जस्को आयश इनिशा बिकको बलात्कार र हत्या घटनामा एक जनाको मात्रै संलग्नता रहेको प्रहरी राय पेश भएको थियो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका रुपमा घटनास्थलबाटै पक्राउ परेकासँगै अध्यनरत एक जना किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा कसुरमा जन्म कैदको मागदाबी गरिएको थियो ।
अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरिएको थियो ।
