२०८३ साउन २४ गते आइतवार

टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

पाल्पा,फागुन २ । पाल्पामा टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेका महिला रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ लोकमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानमा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु २ ख १८८३ नम्बरको टिप्पर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीका अनुसार दुर्घटनापछि घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

अस्पतालमा पुग्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी चौधरीले बताए ।

टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *