दाङ, मंसिर ९ । १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा होष्टेल संचालक पक्राउ परेका छन् ।
सुर्खेतको पंचपुरी नगरपालिका – ५ को श्री सरस्वती विद्या निकेतन इङगलिस बोडिङ स्कुल बाबियाचौरको होस्टेलमा बालिकालाई बलात्कार गरेको आरोपमा संचालक ४० बर्षीय महेन्द्र अर्याल पक्राउ परेका हुन ।
मंसिर ३ गते राति ९ बजेतिर बालिकालाई बलात्कार गरेपछि अर्याल फरार भएका थिए ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कक्षा ५ मा अध्यनरत ती बालिका होष्टेलमा बस्दै आएकी थिइन । बालिकालाई होस्टेलको संचालक पंचपुरी नगरपालिका – ५ का आर्याल फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय बाबियाचौरले अर्याल फरार भएपछि जिल्लामा खबर गरेको थियो । सोही दिन राति नै प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा पाँच जनाको टोली अर्यालको खोजीका लागि खटिएको थियो ।
प्रहरीले राति १२ बजेतिर पंचपुरी नगरपालिका –१ बाचकाँडामा लुकीछिपी बसेको अबस्थामा अर्याललाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले मंगलबार मात्रै अर्याललाई सार्वजनिक गरेको हो । इप्रका बाबियाचौरले थप अनुसन्धान गरि रहेको छ ।