२०८३ असार २८ गते आइतवार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु


दाङ, मंसिर ९ । कञ्चनपुरमा जंगली हात्तीको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका –१४ वनकट्टीकी ४५ वर्षीया धना विष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रबक्ता डिएसपी सागर बोहराले जानकारी दिए ।


मंगलबार बिहान पौने ३ बजेतिर जंगली हात्तीले झिंगटीले बेरको र जस्ता पाताले छाएको बिष्टको भत्काउन थालेको थियो । त्यो थाहाँ पाएर बिष्ट भाग्ने क्रममा हात्तीले दैलोमा फेला पारी धनालाई आक्रमण गरेको थियो ।


गम्भीर अवस्थाकी धनालाई महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी बोहराले जानकारी दिए ।

सुतेको बेलामा हात्तीले घरमा आक्रमण गर्न थालेपछि धनाका श्रीमान र छोरा भने भागेर ज्यान जोगाउन सफल भएको डिएसपी बोहराले बताए । हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *