२०८३ साउन २४ गते आइतवार

राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी हुँदा २० जनाको मृत्यु


नया दिल्ली,असोज २९ । भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ।

आगलागी पछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले बसबाट १९ वटा शव निकालिएको सञ्चारमाध्यमलाई बताएका छन्। जोधपुर रेफर गरिएका एक घाइतेको मृत्यु भएको छ।

बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन्।

मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको एउटा निजी एसी बसमा अचानक आगलागी भएको थियो।

धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए। प्राथमिक उपचारपछि उनीहरूलाई जैसलमेरबाट जोधपुर सारिएको थियो।

आगलागीबाट बस पूर्णरूपमा जलेर खरानी भएको छ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *