२०८३ मङ्सिर ९ गते मङ्गलवार

व्यवसायी महिलामाथि दिनदहाडै खुकुरी प्रहार

काठमाडौँ,असोज २ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ।

गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो ।

खुकुरी प्रहारबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त घटनापछि प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ।

तामाङ मदिरा सेवन गरी पन्तको कोठामा पुगेका थिए । तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *