२०८३ असार २७ गते शनिवार

शनिबार यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं ,भदौ २८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गणडकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *