२०८२ कार्तिक २२ गते शनिवार

सुटकेशभित्र महिलाको शब फेला

दाङ, भदौ ८ । रौतहटमा सुटकेश भित्र हत्या गरिएको अवस्थामा एक जना महिलाको शब फेला परेको छ ।

हत्या गरिएकी महिला रौतहटको माधवनारायण नगरपालिका –६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको प्रहरीले जानकारी दिएको छ ।


आमाले छोरीको पहिचान गरेको रौतहटका प्रहरी प्रबक्ता डिएसपी राजु कार्कीले बताए ।


रुबीकुमारीको बिहे भारतको मुजफ्फरपुरमा भएको थियो । रुबीकुमारी बिगत चार वर्षदेखि छोरा पढाउन भनेर रौटहटको गौर नगरपालिका –२ महादेवपट्टीमा बस्दै आएको भएपनि उनका श्रीमान भने भारतमा बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका –९ गौर –सिरसिया सडक खण्डको मुडवलबा गेट नजिक सडक किनारमा डोरीले बाँधिएको अवस्थामा सुटकेश फेला परेको थियो ।

सुटकेस संकाष्पद देखेको हुँदा रातभरि प्रहरीले पहरा दिएर बसेको थियो । बिहान खोलेर हेर्दा सुटकेसमा महिलाको शब फेला परेको थियो ।

जस्को घाँटीमा घाँटीमा डोरी र सलले बाँधिएको थियो। घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *