दाङ, साउन ३१ । कालिकोटका युवक कोहलपुरमा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
कालिकोट खाँडाचक्र नगरपालिका – ५ का २६ बर्षीय नबिन शाही कोहलपुर नगरपालिका –११ चौराहाबाट शुक्रबार बेलुकी पक्राउ परेका हुन ।
शाहीको साथबाट २२ ग्राम ३ मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन ।
प्रहरी बिट बसपार्क कोहलपुरका प्रसहायक निरीक्षक कर्णबहादुर बलामीको नेतृत्वमा खटिएको टोलीले बाटोमा शंकाष्पद अवस्थामा हिडिरहेका शाहीलाई नियन्त्रणमा लिइ शरिर खान तलासी गर्ने क्रममा उक्त परिमानमा ब्राउन सुगर बरामद भएको थियो ।
पक्राउ परेका ब्यक्ति उपर थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिवार
