तुलसीपुर,साउन २९। अट्वारी पर्व थारु समुदायको सांस्कृतिक पहिचान भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
थारु समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अवस्थासम्बन्धी अवसर र चुनौतीबारे छलफल तथा जन्माष्टमी र अट्वाारी पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सहभागिहरुले थारु जातिले मनाउने हरेक पर्व महत्वपूर्ण रहेको भन्दै चाडपर्वले सामाजिक एकता बलियो बनाउनेमा जोड दिएका हुन् ।
नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले थारु समुदाय नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण हिस्सा भएको भन्दै यसको संरक्षण, प्रवद्र्धन र सशक्तीकरणका लागि तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताए
उनले थारु समुदायकोे शिक्षा, रोजगारी र राजनीतिक सहभागितामा अझै सुधार आवश्यक रहेको बताउँदै थारु अधिकारका सवालमा राजनितिक दल र समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व मन्त्री शंकर गिरीले थारु समुदायले सदियौंदेखि थारुहरुको सांस्कृतिक पहिचान जोगाउँदै आएको बताए ।
नेपाल थारु संघ क्षेत्र नंम्बर ३ दाङका अध्यक्ष यादव चौधरीले अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति डाँगीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपाल थारु संघ क्षेत्र नंम्बर ३ तुलसीपुर उपमहानगरपालिका, दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता केशव आचार्य, नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य, नेत्रज्योति संघ दाङका व्यवस्थापन समिति अध्यक्ष कृष्ण गिरी, जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ क का सभापति देबेन्द्र रिजाल, ख का सभापति खिम बहादुर ओली, नेपाली कांग्रेसका तुलसीपुर नगर सभापति सुरेश हमालले थारु समुदायको अधिकार सुनिश्चित गर्न नीति, कार्यक्रम र व्यवहारमा सुधार आवश्यक रहेकोमा जोड दिए ।
यस्तै दंगिशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तीनगर गाँउपालिकाका उपाध्यक्ष पिमा बुढाथोकी, नेपाल थारु संघका केन्द्रिय सदस्य गणेश कुमार चौधरी, सल्लाहकार लक्ष्मीमान चौधरीले थारु संस्कृति संरक्षण गर्न सम्पूण थारुहरु एकजुट हुनुपर्नेमा जोड दिएक थिए ।
नेपाल थारु संघ दाङका अध्यक्ष शेसदत्त चौधरी, उपाध्यक्ष लाल बहादुर चौधरी, नेपाल थारु संघ महाधिवेशन प्रतिनिधि तथा दंगिशरण गाउँपालिका ३ का अध्यक्ष एकुलाल चौधरी, नेपाल थारु संघ महाधिवेशन प्रतिनिधि महेश चौधरी, मधु चौधरी, दंगिशरण–६ का अध्यक्ष रोशनजंग शाहले थारु जाति कला र संस्कृतिमा अगाडी भए पनि राजनीतिक रुपमा पछाडि परेको बताएका थिए ।
नेपाल थारु संघ क्षेत्र नंम्बर ३ का उपाध्यक्ष मोहन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आशा चौधरीले गरेकी थिइन ।
यसैबिच थारु संस्कृतिको संरक्षणमा योगदान पुर्याउने थारु कलाकार लक्ष्मीमान चौधरी, रचना चौधरी र गणेश चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जन्माष्टमीको गित, थारु महोतया नाच प्रस्तुत गरिएको थियो

