दाङ, साउन २८ । अछाममा घर नजिकै बारीमा बाख्रा चराउन गएका एक किशोर बँदेलको आक्रमणमा परि घाइते भएका छन् ।
साँफेबगर नगरपालिका –१०, घुघुरकोटका १६ बर्षीय शिव महता जंगली बँदेलको आक्रमणबाट घाइते भएका छन् ।
शिवको दाहिने खुट्टा, बायाँ तिघ्रा, बायाँ हात र अनुहारमा बँदेलको आक्रमणबाट गहिरो घाउ खत लागेको छ । घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
बुधबार दिउँसो १ बजेतिर घरनजिकै बारीमा बाख्रा चराउन गएको समयमा जंगली बँदेलले शिवमाथि आक्रमण गरेको थियो ।
घाइते शिवको उपचार न्याय हेल्थ अस्पताल बयलपाटामा भइ रहेको छ ।
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार