दाङ, साउन २१ । बर्दियाको नदी किनारमा एक जना पुरुषको शब फेला परेको छ ।
गेरुवा गाउँपालिका – ६ गुप्तिपुर स्थित गेरुवा कर्णाली नदी किनारमा दिउँसो तीन बजेतिर अन्दाजी ५० बर्षको जस्तो देखिने ब्यक्तिको शब फेला परेको हो ।
शबको पहिचान हुन बाँकी नै छ । मृतकको काँधमा जनैसहितको चाँबीपनि फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार नदीमा मासिनको शब फेला परेको सूचना पछि प्रहरी चौकी मनाउबाट प्रहरी नायव निरीक्षक लोकमान ताम्राकरको कमाण्डमा ३ जना, इलाका प्रहरी कार्यालय पाताभार बाट बरिष्ठ नायव निरीक्षक गणेश सिंहको कमाण्डमा ५ जना, इप्रका राजापुरबाट प्रहरी निरीक्षक ।नबिन थापाको कमाण्डमा ३ जनाको टोली पुगेको थियो ।
शबको पोष्टमार्टको लागि अस्पताल तर्फ लैजाने तयारी गरिएको छ ।
प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
