२०८३ भाद्र १२ गते शुक्रवार

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कपिलवस्तु,साउन १५ । पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका – १० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा वाणगंगा नगरपालिका-५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर सारुको कमाण्डमा गएको टोलीले दुवै जनाको शव निकालेको जिल्ला प्रहरी प्रवत्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *