२०८२ कार्तिक २१ गते शुक्रवार

‘हनी ट्रयापमा पारी’ १४ लाख बढी अशुल्ने महिला पक्राउ

दाङ, साउन ६ । सुर्खेतमा पुरुषलाई होटेलमा बोलाएर ‘हनी ट्रयापमा पारी’ आर्थिक लाभ लिएको कसरमा एब जना महिला पक्राउ परेकी छन् ।

२०८१ भ्राद्र महिनामा प्रतिवादी शिन्दु चन्दले मनोज कोईरालालाई हनी ‘हनी ट्रयापमा पारी’ १४ लाख २५ हजार असुली गरेको आरोपमा प्रहरीले चन्दलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहानजंग बुढथापाले बताए ।

जिल्लाको बीरेन्द्रनगर नगरपालिका – ६ बुद्धपथको बुलबुले भ्यू होटलमा बोलाई सहमतिमा सम्बन्ध राखेर चन्दले कोइरालाई हनी ट्रयापमा पारी आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानी पूर्वक रकम अशुलेको प्रहरीले बताएको छ ।

चन्दले डर त्रास र सामाजिक लोक लाज देखाउँदै पटक पटक गरी १४ लाख २५ हजार रकम अशुलेको पाइएको डिएसपी बुढथापाले बताए ।

कोइरालालाई हनि ट्रयापका पारी पटक पटक नगद रकम असुली गरेपछि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जोहरी दिएका थिए ।

त्यो जोहरीका आधारमा प्रहरीले दैलेख नौमुले गाउँपालिका – ८ घर भइ हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका – ९ बस्दै आएकी २१ बर्षीया शिन्दु चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा मुद्दा चलाउने गरि थप अनुसन्धान भई रहेको डिएसपी बुढथापाले बताएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *