२०८३ साउन ११ गते सोमवार

भारतीय अभिनेता रावको निधन


काठमाडौं,असार २९ । वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको आइतबार निधन भएको छ।

८३ वर्षीय राव केही दिनदेखि बिरामी थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७ सय ५० भन्दा बढी सिनेमामा अभिनय गरेका छन्।

रावले तमिलका अतिरिक्त विभिन्न भाषाका सिनेमामा पनि काम गरेका छन्।

उनको निधनमा तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरूले शोक व्यक्त गरेका छन्।

राव विधायक पनि भइसकेका थिए। उनी पद्मश्री पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *